चुनावी भीडभाडमा भीडभाडमा स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह
काठमाडाैं | बैशाख २४, २०७९
काठमाडौं: भीडभाडमा जाँदा स्वास्थ्यका मापदण्ड पालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले यस्तो आग्रह गर्नुभएको हो।
कोरोना भाइरसको संक्रमण दर कम भए पनि जोखिम कम नभएको भन्दै स्वास्थ्यका मापदण्ड अपनाउन अधिकारीले आग्रह गर्नुभएको हो। मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिले नेपालमा कोरोना संक्रमणदर स्थिर रहेको छ। केही दिनदेखि दैनिक १० देखि ३० जनामा संक्रमण पुष्टि भइराखेको छ।
संक्रिय संक्रमितको संख्या अहिले दुई सयको हाराहारीमा छ। मन्त्रालयका अनुसार २९ जिल्लामा संक्रमण दर शून्य छ। त्यसैगरी, दुई सय भन्दा कम संक्रमित भएका जिल्लाको संख्या ४८ रहेको डा. अधिकारीले जानकारी दिनुभयो।
संक्रमण पृष्टि हुनेको संख्यामा कमी आएपनि जोखिम उच्च रहेकोले स्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले अनुरोध गर्नुभएको हो।
छिमेकी देश भारतमा संक्रमणदर विस्तारै बढ्दै गएको र नेपालमा स्थानीय तहको चुनावको प्रचार प्रसारले गर्दा भीडभाड बढ्दा संक्रमण बढ्न सक्ने भन्दै अधिकारीले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्नुभएको हो।
“नेपालमा संक्रमणदर लामो समयदेखि स्थिर छ। तर, छिमेकी देश भारतमा संक्रमणदर विस्तारै बढ्दै गएको छ। नेपालमा स्थानीय तहको निर्वाचन आएकोले भीडभाड बढ्दा जोखिम उच्च हुनसक्छ। भीडभाडमा जाँदा स्वास्थ्यका मापदण्ड अपनाउन नभुल्नुहोला”, उहाँले भन्नुभयो।
खोप लगाउँदा र स्वास्थ्यका मापदण्डा अपनाउँदा संक्रमणको जोखिम कम हुने भन्दै डा. अधिकारीले नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रहसमेत गर्नुभएको छ।
नेपालमा २४ घण्टामा पीसीआर र एन्टीजेन परिक्षण गर्दा १५ जनामा कोरोना पृष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण पृष्टि हुनेको संख्या ११ लाख १९ हजार ११२ पुगेको छ। जसमध्ये नौ लाख ६६ हजार ७४७ जनाले कोरोना जितेका छन्।
नेपालमा अहिलेसम्म एक करोड ८९ लाख ३७ हजार ३५० जनाले एक मात्रा, एक करोड ९६ लाख ५८ हजार ९५० जनाले पूर्णमात्रा खोप लगाएका छन् भने ३५ लाख ९३ हजार ७२ जनाले अतिरिक्र मात्रा खोप लगाएका छन्। संक्रमितमध्ये ११ हजार ९५२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमितको मृत्युदर १.२ प्रतिशत रहेको मन्त्रालयले तथयांकले देखाएको छ।
कोरोना नियन्त्रणका लागि खोप लगाउन सुरु भएदेखि अहिलेसम्म सरकारले चार करोड २१ लख ८९ हजार ५५२ मात्रा खोप ल्याएको छ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

